तुलसीपुरको स्थानीय खोलाले स्कार्पियो बगायो
तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा रहेको स्थानीय खोलाले स्कारपियो बगाएको छ ।
खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।
बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् ।
स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार