२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

सवारी दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्री अस्पतालमा

बाँके, २४ भदौ ।
बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुग्नु भएको छ।

दाङका विभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेस बर्दिया जादै गरेको सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुदा सात जनाको मुत्यु र २३ जना घाइते भएका थिए ।

मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिनु भएको छ ।

उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमि कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।

घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु समेत गर्नु भएको छ । उहाँले घाइतेहरुको उपचार र मृतकहरुको राहातका लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भयो ।

अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिनु भयो ।

अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरुको उपचार कोहलपुरमै सफल रुपमा भइरहेको प्रमुख सिहले जानकारी दिनुभयाे ।

घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कमि हुन नदिन र उपचारलाई छिटो छरितो तथा प्रभावकारी बनाइने बताउनु भयो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दुर्घटनाबाट प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनु पर्ने बताउनुभयाे ।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा परि मुत्युवरण गर्नेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । भने परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

दुर्घटनाले बर्दियाको ठाकुरद्धारा नगरपालिकाका सामाजिक व्यक्तिहरुको निधन भएको र त्यसले समाजमा ठूलो क्षति पुगेको चौधरीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस