२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

तरुण दल दाङको राष्ट्रपतिलाई सार्वजनिक गर्न माग

दाङ, २६ भदौ ।
नेपाल तरुण दल दाङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीद्वारा जारी विज्ञप्तिमा जेनजी आन्दोलनसँग ऐक्यबद्धता प्रकट गर्दै आन्दोलनको उद्देश्यलाई समर्थन गरिएको छ ।

विज्ञप्तिमा आन्दोलनका मागलाई सम्बोधन गर्नुको सट्टा राष्ट्रपतिलाई नेपाली सेनाको निगरानीमा राखिएको घटनाप्रति कडा आपत्ति जनाइएको छ।

“देशको संविधानलाई नै कमजोर पार्ने गरी राष्ट्रपतिलाई नजरबन्दमा राखिएको कार्यको घोर भर्त्सना गर्दछु,” विज्ञप्तिमा भनिएको छ।

साथै, तरुण दल दाङले राष्ट्रपतिलाई सार्वजनिक गर्न जोडदार माग गर्दै सम्पूर्ण पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस