२०८३ कार्तिक ७ गते शुक्रवार | 2026 October 23rd Friday

भक्तपुरको कवाडी गोदाममा ग्यास पड्किएर आगलागी

भक्तपुर । कवाडी गोदाममा तार सट हुँदा ग्यास पड्किएर आगलागी भएको छ ।

सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कवाडी भण्डारण गरिएको गोदाममा तार सर्ट भएर आगलागी सुरू भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हालसम्म मानवीय क्षतिको सूचना नरहेको र आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकासहित विभिन्न स्थानबाट दमकल पुग्दैछ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस