२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

कमैया मुक्तिका अगुवा तथा जनताका आवाज बनेका चौधरीको घरमा आगजनी र लुटपाट

दाङ  ।  सानै उमेरदेखि आम नागरिक र थारु समुदायको हक–अधिकारका लागि निरन्तर लागिपरेका डिल्ली बहादुर चौधरी अहिले गम्भीर अन्यायको शिकार भएका छन् । आगजनी र लुटपाटले उनको करोडौंको क्षति भएको छ।

दशकौंसम्म कमैया मुक्तिको आन्दोलनमा सहभागी भई सामाजिक रूपान्तरणका अग्रदूत बनेका चौधरीको घरमा जेन्जीआन्दोलनको नाम हालै गरिएको आगजनीले धेरैलाई स्तब्ध बनाएको छ ।

कमैया मुक्ति आन्दोलनका अगुवा डिल्ली बहादुर चौधरी त्यही व्यक्ति हुन् जसले दाङदेखि कैलालीसम्म पैदल यात्रा गर्दै पिछडिएको समुदायमा शिक्षाको ज्योति फैलाएका थिए ।

गाउँ गाउँमा लालटिनको उज्यालोमा रातिको समयमा शिक्षा दिन्थे । गाउँ घरमा पाईने खानेकुराहरु खादै कहिले भोकै त कहिले खाना खाएर थारु समुदायका बालबालिकाहरु र पढ्न नपाएका जेन्जी उमेर समुहलाई शिक्षा दिने व्यक्ति हुन चौधरी ।

उनले गाडि मोटर नभएको परिस्थीतिमा पनी महिनौ हिडेर यात्रा गर्दै दाङ, बाँके, बर्दिया हुँदै कैलाली सम्प पुगेर शिक्षाको ज्योती दिने गर्दथे । उनी थारु समुदायका बालबालिकाको उज्ज्वल भविष्यको सपना देख्ने र त्यसलाई साकार पार्न दिनरात लागिपर्ने गर्दथे ।

चौधरीले सामाजिक सेवा र जनताको माया जित्दै मन्त्रीको पद मात्रै होइन, प्रदेशको नेतृत्वदायी भूमिका अर्थात् मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हाले ।

जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणमा लागिपरेका उनी आफ्नो क्षेत्रमा अत्यन्त लोकप्रिय छन् । तर हालैको घटनाले सम्पूर्ण देशलाई आन्दोलित बनाएको छ ।

अहिले आन्दोलित जेनजीहरुले चौधरीको निजी निवासमा आगजनी गरी ध्वस्त पारे । भ्रष्टाचारूको आरोपमा इमान्दार नेताको घर जलाइयो । आन्दोलनको नाममा राजनीतिक प्रतोशोध साधियो ।

चौधरीले घर बनाउदा लिएको लोन अहिले पनि तिरीरहेका छन् । उनले कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि बैंकबाट करिव एक करोड रुपैयाँ लोन लिएर घर बनाएका थिए, जुन लोन अहिले पनि उनी तिरिरहेका छन् ।

यस्तो अवस्थामा लोन लिएर बनाइएको घर जलाउनु कत्तिको नैतिक, कत्तिको न्यायपूर्ण छ । दंगाली जनताको ढुकढुकी बनि सकेका चौधरी स्थानीय स्तरमा उपस्थीती जनाउने र जनताले सहजै गुनासो सुनाउन सक्ने नेता हुन  ।

यस्ता इमान्दार र स्वच्छ मन भएका नेता दंगाली जनताले पाउन गाह्रो छ । हरेक समस्या होस् की खुसियाली उनी जनता माझ उपस्थीती हुने गर्छन ।

देशको एउटा इमान्दार नेताले जनताको लागि खेलेको भूमिका थाहा नपाएर हिंसा गर्ने प्रवृत्ति आफैमा संकास्पद र खतरनाक छ ।

देशमा भ्रष्टाचार छ, यथार्थ हो । तर सबै नेता भ्रष्टाचारी छन् भन्ने सोचले इमान्दार पात्रहरूलाई पनि समस्यामा परिएको छ । यस्तो हुनु हुदैन । दोषिले कारबाही भोग्नु पर्छ तर निर्दोष ले सजाए पाउनु हुदैन
चौधरी जस्ता सर्वहारा जनताको छोरा, थारु समुदायका प्रतिनिधि र जनताको लागि सडकदेखि संसदसम्म संघर्ष गर्ने व्यक्तिमाथि यसरी हमला हुनु न्यायोचित छैन ।

संविधानप्राप्त अधिकार र आन्दोलनको मर्यादाभित्र रहेर आवाज उठाउनु नागरिकको कर्तव्य हो । तर सार्वजनिक तथा निजी संरचनामाथि आगजनी गर्नु, तोडफोड गर्नु  अपराध हो ।

जेनजीको आन्दोलनमा जुन खालको सार्वजनीक संम्पत्तिहरुमा तोडफोड र आगजनी गरीयो यसले देशलाई  २०औं वर्ष पछाडि धकेलेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस