दरबार हत्याकाण्डकी जीवित साक्षी राजकुमारीको निधन
काठमाडौं ।
राजदरबार हत्याकाण्डमा बाँच्न सफल राजकुमारी केतकी चेष्टरको ८० वर्षको उमेरमा शनिवार निधन भएको छ ।
राजा महेन्द्रका छोरा अधिराजकुमार बसुन्धरा वीर विक्रम शाह तथा अधिराजकुमारी हेलेन शाहकी माहिली छोरी केतकी २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डकी एक जीवित साक्षी थिइन् ।
उनी उक्त गोलीकाण्डमा बाँच्न सफल भएका राजपरिवारका सदस्यमध्ये एक थिइन् । राजदरबारमा चलेको गोलीबाट उनी आफैँ घाइते पनि भएकी थिइन्।
उनले युवराज दिपेन्द्रले नै हत्याकाण्ड मच्चाएको र ढलेका राजालाई लात्ताले हानेको पनि आफुले देखेको बयान दिएकी थिइन् ।
उनको जन्म विसं २००४ माघ १० मा भएको थियो । उनले शाही पदवी त्यागेको स्वघोषणा समेत गरेकी थिइन ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार