२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयले गरे कुटपिट

बारा । भारतको बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहले आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेका छन् ।

प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

यास्मिन सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइतीघरमा बस्दै आएकी थिइन् ।

अमानुल्लाहले ससुराली घरमा आएर धारिलो हतियार प्रयोग गरी यास्मिनको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

अमानुल्लाहलाई स्थानीयले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।

घटनाका प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस