२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

कोइलावास नाका छिट्टै सञ्चालनमा आउछ : मुख्यमन्त्री चौधरी

दाङ, १४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको कोइलावास नाका छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ ।आफु भारत भ्रमणमा जादा उतर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीसँग यसका विषयमा कुरा भएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले प्रदेश सरकारले आर्थिक समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

जनता आर्थिक रूपले सम्पन्न नहुँदा सम्म अन्य विकासका काम पनि दिगो नहुने भन्दै मुख्यमन्त्री चौधरीले नागरिकलाई आयआर्जनमा जोड्नु वर्तमान सरकारको लक्ष्य रहेको बताउनु भयो।

नेपाल महिला संघ दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘रोजगारी सृजना गर्ने योजना ल्याउनु होस हामी बजेटको कमी हुन दिदैनौ ’ मुख्य मन्त्री चौधरीले भन्नुभयो ।

आर्थिक विकास हुने खालको कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुटाएको समेत उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्र बलियो बनाउने गरि काम अगाडि बढाएको बताउनु भएको छ ।

नागरिकलाइ सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागी प्रदेश सरकार बाट प्रयास भइ रहेको छ । ‘स्वास्थ्य संस्थाहरुमा साधन स्रोत सम्पन्न बनाउन लागि परेका छौ’ उहाँले भन्नुभयो ।

स्वास्थ्य चौकी तथा अस्पताल स्तर उन्नती तथा विशिषज्ञ सेवा प्रदान गर्न थालिएको समेत उहाँले बताउनुभयो ।

मन्त्री खनालले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर को समस्या रहेको भन्दै यसलाइ घटाउने चुनौती प्रदेश सरकारलाई रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस