दाङमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान
दाङ, १६ श्रवाण ।
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान थालेको छ ।
अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायी संग डेङ्गु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।
सचेतना कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपायका विषयमा छलफल भएको थियो ।
छुट्टा छुटै दुइ स्थानमा भएका कार्यक्रमहरुमा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबर्धन शाखाका प्रमुख नारायण घर्ति र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका बारेमा प्रशिण दिनुभएको थियो ।
रेडक्रस घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत बर्ष डेंगु प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम गरेको छ ।
सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबर्धन शाखाका प्रमुख नारायण घर्तिको प्रमुख आथित्यता तथा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका मन्त्रि श्री प्रकाश श्रीवन्दकाे विशिष्ट आथित्यमा भएको थियो ।
उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, महिला स्वास्थ्य स्वयमंसेविका र जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाइ डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिनुभयो ।