२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बुहारी कुट्ने ससुरा पक्राउ परे

काठमाडौं। बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरी पक्राउ परेका हुन्।

भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय, बाँसगढीले पक्राउ गरेको हो।

बाँसगढीका प्रहरी निरीक्षक सुधीर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने बताए।

उनले बुधबार बुहारी २६ वर्षीया प्रमीलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुने गरी कुटपिट गरेका थिए।

कुटपिटको भिडिओ नेपाल भ्युजको फेसबुक पेजमा पनि हेर्न सकिन्छ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस