२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

विदेशी राष्ट्रियगान बजाएर कार्यक्रम शुरु गरेपछि मुख्यमन्त्री चौधरीद्वारा किवानिजको कार्यक्रम बहिस्कार

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै रुपन्देहीमा आयोजित एक कार्यक्रम बहिस्कार गर्नुभएको छ ।

किवानिज नेपालको कार्यक्रम मुख्यमन्त्रीले बहिष्कार गरेको उहाँको सचिवालयले जनाएको छ ।

भैरहवाको एक होटलमा शुक्रबार साँझ भएको किवानिज नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोहमा मुख्यमन्त्री चौधरीलाई बोलाइएको थियो ।

तर, कार्यक्रम विदेशी राष्ट्रियगानबाट शुरु गरेपछि मुख्यमन्त्री चौधरी आपत्ति जनाउनु भएको थियो ।

ञप्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिजको कार्यक्रम बहिस्कार गर्नु भएको होझ, सचिवालयका एक सदस्यले भने ।

महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

कार्यक्रममा सहभागी एक अतिथिका अनुसार नेपाली राष्ट्रियगान भन्दा विदेशीलाई प्राथमिकता दिइएको थियो । यसमा मुख्यमन्त्रीको आपत्ति थियो । त्यसैले उहाँले बहिष्कार गरेर हिड्नु भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस