२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

श्रोत नखुलेको २६ लाख नगद सहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अधिकृत नेपालगन्ज विमानस्थलबाट पक्राउ

दाङ, २५ भदौ । श्रोत नखुलेको २६ लाख नगद सहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन् !

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई बिहान नियन्त्रणमा लिएको थियो ।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।

सापकोटासंगै रहेका अर्का एक जना भने फरार भएको बाँके प्रहरीले जनाएको छ ।

उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस