एमाले नेता सुवास नेम्वाङको निधन
काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजेतिर हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो ।
बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ ।
परिवारका सदस्यले तत्कालै अस्पताल पुर्याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार