२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

दाङ, २७ भदौ । हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर खराब मौसकका कारण दाङमा आकस्मिक अवतरण गरिएको छ।

कैलाश हेलिकोप्टर सर्भिसको हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार छन्।

हेलिकोप्टर आदर्श नमुना मावि लालमटियाको प्रांगणमा साँझ सवा ७ बजे अवतरण गरिएको हो।

उनीहरु हुम्लाबाट पोखरा जान लागेका थिए। अब हेलिकोप्टर बिहान मात्रै पोखराका लागि उड्ने प्रहरी निरीक्षक सिंहले बताए।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस