२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

दाङ, २८ भदौ ।आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ ।

”पितृदेवो भवः ” भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई सम्मान र आदर सहित मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

कुशे औँसीका दिन हामी विश्वभरीका हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्र्याउँ छौं ।

शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस