पर्यटकलाई ढाकाटोपी ! (तस्विसहरु)
बर्दिया । बर्दियामा पर्यटकहरुलाई ढाकाटोपी लगाएर स्वागत गरिएको छ ।
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विभिन्न देशबाट आएका विदेशी पर्यटकलाई स्वागत गर्नुभयको हो । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार बर्दियामा आयका पर्यटकलाई स्वागत गिरयको हो ।
साइकल यात्राको लागि नेपाल आएका पर्यटकको समूहलाई बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्धारामा स्वागत गरिएको हो ।
उनीहरुलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले स्वागत गर्नुभयको थियो ।

विशेषत: बर्दियामा बाघ, हात्ति, गैंडा, लगायतका जंगली जनावर हेर्न पर्यटकहरु आउने गरेका छन् ।
त्यस्तै पर्यटन दिवसका अवसरमा बुधबार ठाकुरबाबा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
ठाकुरबाबा नगरपालिका र पर्यटन परिषद् लुम्बिनीको आयोजनामा ठाकुरबाबा – ९ मा पर्यटन दिवसको औपचारिक कार्यक्रम पनि छ ।





