२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

फोहोर व्यवस्थापनका लागि डस्टविन प्रदान

दाङ । लमही नगरपालिकाले फोहोर व्यवस्थापनका लागि चाँदनी टोल विकास समिती अमिलिया बजार व्यवस्थापन समितीलाई डस्टविन हस्तान्तरण गरेको छ ।

डस्टविन हस्तान्तरण गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले गाउँ, टोल सरसफाईमा स्थानीयहरुको सक्रियता देख्दा खुशी लागेको बताउनु भयो ।

सबैले यसैगरी आ-आफ्नो गाउँघर सफा राख्ने तिर ध्यान दिन जरुरी छ, आज नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्दै योगीले सरसफाईमा सक्रिय भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

सरसफाईको क्रममा आवश्यक परे लमही नगरपालिका सदैब सहयोगका लागि तयार रहेको बताउनु भयो ।

लमही नगरपालिका सरसफाई शाखाको समन्वयमा डस्टविन हस्तान्तरण गरिएको शाखा प्रमुख गायत्री थापाले जानकारी दिनु भयो ।

अमिलिया बजारलाई सफा राख्नका लागि फोहोर संकलन गर्नका लागि डस्टविनको आवश्यकता परेको र माग भइ आएको हुँदा प्रदान गरिएको थापाले बताउनु भयो।

दाङ र बाँकेको सिमानासंग जोडिएको अमिलिया बजारका स्थानीयहरु हरेक शनिबार बजार सरसफाई गर्दै आएका छ्न ।

कृष्ण थापाले भन्नू भयो “अमिलिया बजार सानो छ, फोहोर पनि त्यति धेरै त हुँदैन, तर घर पसल बाट निस्केका फोहोर हामीले जहाँ पायो त्यही फाल्न लाग्दा मानव स्वास्थ्यमै असर पर्ने देखियो ।

अब चाहिँ व्यवस्थापन तिर लाग्नु पर्छ भनेर अहिले तत्कालका लागि नजिकैको सामुदायिक वनको एक कुनामा साना साना खाडल खनेर त्यसैमा फोहोर फाल्ने गरेका छौँ”- थापाले भन्नू भयो ।

त्यसै गरि अमिलिया बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश डाँगीले अमिलिया बजारमा खानेपानी र सार्वजनिक शौचालयको अत्यावश्यक भएकोले व्यवस्थापन गर्दिन आग्रह गर्नु भयो ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस