दाङमा ५५ वर्षिया वृद्धा मृत फेला
दाङ , १८ असोज । दाङको तुलसीपुरमा ५५ वर्षिया वृद्धा मृत फेला परेकी छिन् ।
बिहीबार तुलसीपुर उपमहानगरपालिका १७ जमेरा निवासी ५५ वर्षिया तुलसी चौधरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो।
चौधरी आफ्नै घर नजिक रहेको एबिसी इट्टा उद्योगले खनेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
श्रीमानले आफूसंगै सुतिरहेको श्रीमति नभएको बिहान ३ बजेतिर मात्रै थाहा पाएको प्रहरीले बताएको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।
साथै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार