२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

प्रदेश सरकार पब्लिक क्याम्पसको ओनरसिप लिन तयार छ: मुख्यमन्त्री चौधरी

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकार पब्लिक क्याम्पसको ओनरसिप लिन तयार रहेको बताउनु भयको छ ।

नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सरकारले ओनरसिप लिने तर पब्लिक क्याम्पसले रोडम्याप बनायर आउनु पर्ने बताउनु भयो।

मुख्यमन्त्री चौधरीले कानुनी रुपमा पब्लिक क्याम्पस प्रदेश मातहतमा आय संरक्षण र सन्चालन गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो ।

उहाँले पब्लिक क्याम्पस केन्द्र सरकारको मातहतमा बस्ने की प्रदेश सकारको मातहतमा बस्ने भन्ने दुबिधा रहेको औल्याउदै यसको निर्णय गर्न समेत आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो ‘पब्लिक क्याम्पसले आफ्नो अवधारना लियर आओस म प्रधानमन्त्री संगको प्रदेश स्तरिय बैठकमा त्यो अवरारणा पेस गर्ने छु ।’

साथै मुख्यमन्त्री चौधरीले शिक्षालाई उत्पादन संग जोड्ने खालका कार्यक्रम लियर आय प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।

उहाँले पब्लिक क्यापसले रोजगारि सृजना गर्ने तथा उत्पादनसंग जोडिने योजनाका साथ प्रपोजल लियर आय प्रदेश सरकारसंगै हिड्न तयार रहेको बताउनु भयो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस