२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

सहकारीहरु एकीकरण भएर अघि बढ्नुपर्नेमा सरोकारवालाको जोड

दाङ, ६ माघ ।

दाङको घोराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले सहकारी एकीकरण अवसर र चुनौति विषयक अन्तरक्रिया तथा घुम्ति बैठक सम्पन्न गरेको छ ।

घोराही ५ धारपानीमा आयोजित कार्यक्रममा बोल्ने बत्ताहरूले सहकारी क्षेत्रमा देखा परेका समस्या संग जुद्ध सहकारी मर्जको अभियानमा जानुपर्ने धारणा राखेका छन्।

कलशका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघमा अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले पछिल्लो समयमा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि निति, विचार र राम्रा सहकारीका विचमा एकीकरण गरि काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

संस्थाका सञ्चालक समिति सदस्य माधव खनालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले देशका केही सहकारीले गरेका नराम्रो कामले सिंगो सहकारीप्रति गलत धारणाको विकास हुन थालेको भन्दै संस्थामा आर्थिक सुशासन कायम गरि सदस्यको सर्वोत्तम हित हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विमल कुमार अधिकारीले सहकारी मर्जको अभियान ठिक भएपनि मर्ज पछि आउने चुनौति र अवसरका विषयमा पहिले नै क्लियर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दाङमा प्रमुख डिल्लीराज दाहाल, नेफ्सकुनका प्रतिनिधि दिनेश खनाल, सहकारी संघमा निवर्तमान लेखा समिति सदस्य नारायण भण्डारी, सल्लाहकार हेमराज शर्मा, गिरिराज शर्मा, विमल कुमार श्रेष्ठ, कोषाध्यक्ष नवराज भण्डारी,

श्रीकान्त अधिकारी, हरिहर आचार, सर्वोत्तम सहकारीका अध्यक्ष धुर्वराज पौडेल, उपाध्यक्ष शालिकराम खनाल, शेषनारायण खनाल, शरद केसी, चन्द्रावती भण्डारी, मंगला राना लगायतले सहकारी एकिकरणका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको सुनको मन्दिरको दर्शन गरिनुका साथै नियिमत बैठक समेत सम्पन्न गरिएको थियो । कार्यक्रम सचिव विमल योगीले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस