राष्ट्रिय गीतका रचनाकार ‘ब्याकुल माइला’ दाङ आउँदै
तुलसीपुर, १५-मघ ।
दाङको तुलसीपुरमा रहेको लक्ष्य एकाडेमीले वार्षिकोत्सब मनाउने भएको छ ।
आइतबार पत्रकारसँगको भेटमा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइलालाई प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिए ।
वार्षिकोत्सबका अवसरमा शैक्षिक तथा सास्कृतिक प्रस्तुती रहने समेत उनले जानकारी दिए । साथै उनले राष्ट्रिय गीतका रचिएतालाई दाङमा स्वागत गर्नुको मुख्य उद्देश्य मुलुकको ध्यान दाङमा गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने रहेको बताए ।
त्यस्तै उनले भोलि मंगलबार तुलसीपुर ६ स्थित ड्रीम्स व्यंग्याकुइट्मा कार्यक्रम हुने जानकारी समेत दिए ।
रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजी विद्यालय प्याव्सनका अध्यक्ष भोजराज न्यौपाने, एनप्याव्सनका निवर्तमान अध्यक्ष बिमल गौतम, राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसी लगायतकाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
