पाल्पामा जिप दुर्घटना ८ जनाको मृत्यु, ११ जना घाइते
पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप चिदिसमा दुर्घटना भएको हो ।
मृतकको पहिचान भने हुन सकेको छैन् । घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।
उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार