२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङमा गोली हानेर महिला प्रहरीको हत्या

दाङ, ३ फागुन। दाङमा गोली हानेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घटना करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस