२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

स्वास्थ्य सेवा सबैभन्दा महान कार्य हो : अध्यक्ष बस्नेत

स्वास्थ्य सेवा नै सबैभन्दा महान कार्य रहेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभएको छ ।

शान्तिनगर – ६ धनौरी स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा उहाँले यस्तो बताउनुभएको हो । जीवन स्वस्थ भएमात्र मानिसले सकारात्मक काम सिर्जना गर्ने भएकाले स्वास्थ्य सेवा सबैको पहुँचमा हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष बस्नेतले शान्तिनर गाउँपालिकाले स्वास्थ्य सेवालाई मध्यनगर गर्दै सहयोगी स्वास्थ्य संस्थासंग सहकार्य गर्दै काम गरिरहेको बताउनुभयो ।

‘भौतिक संरचना, बाटाघाटा, कुला नाला मात्र विकास होइन, सबै भन्दा ठूलो मानविय स्वास्थ्य हो‘, उहाँले भन्नुभयो ‘मानिस स्वस्थ भएमात्र अन्य चिजको आवश्यक पर्छ’ ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर सिटि हस्पिटलका अध्यक्ष विमल रिजालले स्वास्थ्य सबैले सहजै व्यवस्था हुनुपर्ने बताउनुभयो । गाउँपालिका स्थानिय सरकार भएकाले स्वास्थ्य सेवाका लागि अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।

औषधी थोक व्यवसायी संघका अध्यक्ष शेसकान्त ढकालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा औषधी थोक व्यवसायी संघका अध्यक्ष लुम्बिनीका सालिकराम आचार्य, समाजसेवी तथा शिविर संचालनका कार्यक्रम संयोजक विजय के.सी., वडा नं. ६ का वडा अध्यक्ष शेर वहादुर भण्डारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम सहजिकरण तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो।
व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको हो ।

शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि. को रहेको छ भने स्थानिय व्यवस्थापन शान्तिनगर गाउँपालिका वडा नम्वर ५,६ र ७ को रहेको छ ।

शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । शिविर अहिले जारी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस