२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, १० जेठ । बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको ज्यान गएको हो । बैजनाथबाट बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा रोकायलाई बाघले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस