२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

तुलसीपुरका साढे ११ हजार बालबालिकालाई आईपीभी खोप दिइने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले पोलियो विरुद्धको(आई.पी.भी)खोप अभियान संचालन गर्ने भएको छ ।

उपमहानगरको स्वास्थ्य महाशाखाले गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दियो ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको(आई.पी.भी)खोप दिइने जानकारी दिनुभयो । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप दिइने छ ।

उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ ।
त्यसैगरी ईट्टा भट्टामा भएक बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ ।

अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।

खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस