२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

दाङमा अत्यधिक गर्मीको कारण विद्यार्थीहरु बेहोस

दाङ, ३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण अमर माद्यामिक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए ।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस