२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

रात्रि बस त्रिशूली किनारमा खस्यो, पाँच जना गम्भीर

नेपालगञ्जबाट काठमाडौँ जादै गरेको ४०६० नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।

शुक्रवार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको फिस्लिङ बजार नजिक काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९ च ३७२० नम्बरको कारसंग ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ ।

कारसँग ठोक्किएर यात्रुवाहक बस त्रिशूलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशूलीमा खसेको हो ।

स्पिडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस