२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

निगालपानी –जिनावाङ ८० करोडको सडक योजना

दाङ जेठ । रोल्पाको दुर्गम क्षेत्र तर कृषि पकेट क्षेत्र मानिने रोल्पाको जिनावाङ पुग्ने सडक निर्माण हुने भएको छ ।

कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना आएको हो ।

आर्थिक वर्ष २०८१-०८२ को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक निर्माण गर्न लागेको हो ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए ।

त्यहि योजना अनुसार चौधरीले संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजना ल्याएका हुन् ।

मुख्यमन्त्रीको कार्यकालमा जिनावाङ पुगी त्यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नति र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाएका चौधरीले सडकको योजनालाई पूर्णता दिएका हुन् ।

सल्यान र रोल्पाको सीमाना त्रिवेणी गाउँपालिका रोल्पाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली बहादुर चौधरीले बताए ।

त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए ।

निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।

कृषि क्षेत्रको नमुना विकासका लागि “जिनावाङ मोडेल” आवश्यक छ, चौधरीले भने, सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ ।

सडक बन्यो भने जिनावाङ्गी किसानलाई पहुँच मार्गको रुपमा सहयोग पुग्ने छ । किसानको बीचमा बोलेको कुरा पूरा गरेको छु, चौधरीले भने, अब सबै लागेर योजनाको काम पूरा गर्नेतर्फ लागांै ।

त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए ।

निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।

जिनावाङका स्थानीय किसान इन्द्र खत्रीले बाटोको योजनाले खुसी बनाएको बताए । हामी किसानहरुका लागि यति ठूलो योजना आउनु गौरवको कुरा हो ।

यो योजना ल्याइदिने पूर्व मुख्यमन्त्री डिल्ली चौधरीले धेरै–धेरै धन्यवाद छ । उनले मन्त्री आएर गाउँमै बोलेको कुरा पूरा गरिदिएको बताए ।

रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले जिल्लामै ठूलो योजना आएको र त्यसलाई समयमै पूरा गर्नेतर्फ कार्यालय लाग्ने बताए ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस