२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

सुनको भन्सार बृद्धिदर खारेजको माग  

दाङ । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाउँन थालिएको भन्सार बृद्धि दर खारेजको माग गरेका छन ।  

नेपाल सुनचाँदी व्यावसायीसंघ दाङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महरालाई ज्ञापनपत्र बुझाउँदै भन्सार बृद्धि  रोक्न आग्रह गरेको हो ।

सुनचाँदी व्यावसायी संघ घोराही अध्यक्ष बिनोदकुमार विश्वकर्मा,महासचिव मानबहादुर सेर्पाली, लगायत जिल्ला कार्य समितिले मुख्यमन्त्री महरालाई भेटी  ज्ञापनपत्र बुझाएको छ  ।

सरकारले भन्सार बिधेयक मार्फत सरकारले १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥र्याउँन थालेको भन्दै त्यसलाई खारेज गर्न व्यवसायीहरुले आग्रह गरेका हुन ।

भन्सार बृद्धिदरले सुन व्यवसायी मारमा  परेको भन्दै तत्काल सरकारले यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए।

देशभर बिस हजार सुन व्यवसायीले सुनको व्यापार गर्दै आएको भन्दै यसले दुईलाख नागगरिकलाई प्रत्येक्ष  रोजगार दिएको नेपाल सूनचाँदी व्यवसायी संघ घोराहीका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

सरकारले भन्सारको बृद्धि दर बढाउँदा सुन आयात घट्नुका साथै व्यवसाय बन्द हुदा लाखौको रोजगारी गुम्ने खतरा देखिएको विश्वकर्माले बताउँनुभयो ।

सरकारले भन्सार बृद्धिदर बढाउँदा सुन आयातको कोटा घट्ने हुदा राज्यले उठाउँदै आएको राजश्व स्वतह घट्ने उल्लेख गरिएको छ ।

ज्ञापज्ञपत्र बुझँदै मुख्यमन्त्री जोगबहादुर महराले व्यावसायीको मागको सन्र्दभमा प्रदेश सरकार गम्भिर रहेको बताउँनुभयो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले जिल्ला प्रशासन कार्यालय दाङमा पनि  सुनको भन्सार बृद्धिदर  खारेजको माग गर्दै ज्ञापनपत्र बुझाँएको हो।  

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाएको हो ।।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस