घाँटीमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु
दाङमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको हाे ।
विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो।’
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए।
प्रकाशित मिति : २०८१ असार २० गते बुधवार