२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

दाङ – माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ ।

सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।

पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै आज बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ ।

पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ ।

पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस