मोवाईल तथा इलेक्टोनिक्स संघको नवौ साधारणसभा
दाङ ८ मंसिर ।
मोवाईल तथा इलेक्टोनिक्स व्यवसायी सघ घोराही दाङको नवौँ साधारणसभा शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष शालीकराम खनालको अध्यक्षता एवं घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा तिज, दशैँ र तिहारको अवसरमा राखिएका विभिन्न उपहार कुपन खोल्ने कार्यक्रम पनि गरीएको थियो। उपहार परेका विजेताहरुलाई कागजात भेरीफाई गरी केहिदिन भित्रै वितरण गर्ने संघले जनाएको छ ।
नयाँ युगवोध राष्ट्रिय दैनिकमा प्रकाशित नतिजा अनुसार दावि गर्न आग्रह गरेको छ ।
कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष दीपक पाण्डेय, प्रदेश अध्यक्ष शेषनाराण शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी फेन्सी व्यवसायी समितिका उपाध्यक्ष हरीप्रसाद घिमिरे, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष गोपाल प्रसाद खनाल, राप्ती डिलर एसोसियसनका उपाधइष शंकर अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संघका सदस्य मदन वलीले स्वगत गर्नुभएको कार्यक्रम सञ्चालन महासचिव शरद केसीले गर्नुभएको थियो ।