ज्येष्ठ नागरिकलाई न्यानो कपडा
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा जेष्ठनागरिक तुलसीपुर नगर समितिको समन्वयमा २५ जना बृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

जेष्ठनागरिक सञ्जाल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की अध्यक्ष रमा डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य भिमवहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथी जेष्ठ नागरिक नगरसमितीका अध्यक्ष पूर्ण खड्का, पूर्व वडा सञ्जाल अध्यक्ष खिग नारायण श्रेष्ठ, सल्लाहकार यमुना शाह, राधेश्याम उपाध्याय, कृष्ण बहादुर केसी, रुपशिला केसी , धन बहादुर केसी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सरला लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शुसिल वलिले गर्नुभएको थियो ।


प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार