दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु
दाङ , २४ पौष।
दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो काट्दै गरेको अवस्थामा दिउँसो पौने २ बजेको समयमा महिलालाई बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । महिलाकाे पहिचान खुलेको छैन ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार