सुन्तला बोकेर दाङ आउदै गरेको जिप दुर्घटना एकको मृत्यु तीन घाइते
रोल्पा, २६ पुस। रोल्पा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
सुन्तला बोकेर रोल्पाबाट दाङतर्फ आउदै गरेको जिप दुर्घटना हुँदा चालकसहित चार जना गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार गाडी चालक माडी गाँउपालिका वडा नं. १ भित्तावाङका २० वर्षीय हुकुम घर्ती मगरको मृत्यु भएको हो।
त्रिवेणी गाउँपालिका–४ सिमपानीमा लु १ च ८६८७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा झन्डै २५ मिटर तल खसेको थियो।
दुर्घटनामा परी रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ४ चर्कीकी १४ वर्षीय दिलमाया घर्तीमगर, सोहीाउँ निवासी १२ वर्षीया सरिता घर्तीमगर, वडा नं. २ नुवागाउँका ११ वर्षीय करुणा बाठामगर घाइते भएको रोल्पा प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार