नवलपरासीमा सवारी चालक अनुमती पत्र सेवा थप
दाङ,माघ ११ ।
बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेको लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा थप गरेको छ ।
नवलपरासीमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी साधन अनुमती पत्र सम्बन्धी सेवा थप गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।
यो कार्यालयबाट शुक्रबार देखि कार, जीप,डेलिभरी भ्यान,टेम्पो, अटो रिक्सा,इरिक्सा र ट्याक्टरको सवारी चालक अनुमती पत्रको सेवा थप गरिएको हो ।
यसअघि यो कार्यालयबाट मोटरसाईकल र स्कुटरको मात्रै सवारी चालक अनुमती पत्रको मात्रै सेवा प्रवाह हुँदै आएको थियो ।
सवारी चालक सम्बन्धी सेवा थप भएपछि नागरिकलाई सहज हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए ।
थप गरिएका सवारी चालक अनुमती पत्र सेवाको प्रारम्भ गर्दै मन्त्री न्यौपानेले भने ‘मोटरसाईकल र स्कुटरको सवारी चालक अनुमती पत्र मात्रै हैन, सबैखाले सवारी साधनको लाईसेन्स सेवा वितरण गरिनु पर्छ भन्ने मनसायका साथ मन्त्रालय लागेको थियो ।
सबै खाले लाइसेन्सको सेवाको प्रारम्भ भएपछि अब नवलपरासीका सेवाग्राहीलाई लाइसेन्सका लागि बुटवल पुग्नु पर्ने बाध्यता टरेको छ ।’
केहि दिन अघि मात्रै मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेको थियो ।