नेपाली कांग्रेसले “मिसन रोजगार” अभियान सुरु गर्यो
नेपाली कांग्रेसले देशभर बढ्दो बेरोजगारी समस्याको समाधानका लागि “मिसन रोजगार” अभियान सुरु गरेको छ। आइतबार, कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यस अभियानको औपचारिक घोषणा गरे।
देशभित्रै रोजगारी सृजना गर्ने।युवाहरूको विदेश पलायन रोक्ने।श्रम बजारको माग अनुसार जनशक्ति तयार पार्ने।रोजगारी र उद्यमशीलतालाई प्रोत्साहन दिने।
“युवाहरू स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुन बाध्य छन्। यसलाई रोक्न नीतिगत तहदेखि व्यवहारिक पहल गर्नुपर्छ। श्रमको उचित मूल्य नपाउँदा पनि समस्या छ। हामीले कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्ने पहल गर्छौं।””रोजगारी अब राजनीतिक दलको प्राथमिक एजेण्डा बनेको छ। हामीले यसलाई सामूहिक रूपमा अघि बढाउनुपर्छ। रोजगारी सृजना र उद्यमशीलतालाई सँगसँगै प्रोत्साहन दिने छौं।”
रोजगारी सृजनाका लागि नीतिगत छलफल।बजारको माग अनुसार अनुसन्धान र अध्ययन।राज्य र निजी क्षेत्रको सहकार्यमा रोजगारीका नयाँ अवसर सिर्जना।राजनीतिक दलहरूसँग समन्वय गरी सामूहिक एजेण्डा बनाउने।कांग्रेसले यो अभियान करिब एक वर्ष सम्म सञ्चालन गर्ने योजना बनाएको छ।कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक अजयबाबु सिवाकोटीको संयोजनमा आयोजित कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो।नेपाली कांग्रेसले युवाहरूको भविष्य र देशको आर्थिक विकासका लागि यो अभियानलाई ठूलो प्राथमिकता दिँदै आएको छ।