२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

घोराहीमा २९ किलो चरेससहित तीन जना पक्राउ

दाङ – दाङको घोराहीमा २९ किलोभन्दा बढी चरेससहित तीन जनालाई पक्राउ गरिएको छ। रुकुम पूर्वका फर्कबहादुर घर्ती, रुपधन घर्ती र जुनबहादुर पुनलाई पक्राउ गरिएको हो। फर्कबहादुरसँग आलुको बोरामा १५ किलो १२३ ग्राम र रुपधनसँग १४ किलो ५७२ ग्राम चरेस फेला परेको छ। उनीहरूलाई घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस