नागार्जुनमा भीषण आगलागी
काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएकाे छ । आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएकाे छ । आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीको कारण अझै पत्ता लागेको छैन ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार