२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

राप्ती बबई क्याम्पसमा स्ववियु निर्वाचन : प्रारम्भिक १००० मतगणनामा नेविसंघ अगाडि

दाङ – राप्ती बबई क्याम्पस, तुलसीपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। हालसम्म १,००० मत गणना भइसकेको छ, जसअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्रस्थानमा देखिएको छ।

अध्यक्ष पदको प्रारम्भिक मतगणनामा नेविसंघका प्रमोद भण्डारीले ५११ मत प्राप्त गर्दै अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण) २६६ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.)ले १०८ मत प्राप्त गरेका छन् भने कृष्ण के.सी. (डेबिट)ले २१ मत पाएका छन्।

सचिव पदमा निकै प्रतिस्पर्धा देखिएको छ। नेविसंघका टोप बहादुर वलिले ४१४ मत प्राप्त गरेका छन् भने गठबन्धनकी सोनिया थापा ४०७ मतका साथ निकै नजिकै छन्। स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ३८ मत प्राप्त गरेकी छन्।

कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवारले अग्रता लिएका छन्। शिक्षा नेपालीले ४४६ मत प्राप्त गर्दा गठबन्धनका तिलक राज डाँगीले ३२८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार आशिक मियाले ६६ मत ल्याएका छन्।

मतगणना जारी रहेकोले अन्तिम नतिजा आउन अझै केही समय लाग्नेछ। क्याम्पसमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ भने विभिन्न पक्षहरू निर्वाचनको नतिजा प्रतीक्षा गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस