श्रीमानको क्रिया बसेकी श्रीमतीको मृत्यु
दाङ, १३ बैशाख । श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु भएको छ । तुलसीपुर ७ मोतिपुर निवासी ६० वर्षकी भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ९ बजेतिर आचार्यको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । श्रीमानको क्रिया बसेकी आचार्य एक्कासी बिरामी हुँदा राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भगवतिको श्रीमान ८३ वर्षका नारायण आचार्यको गत वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो । नारायण रेडक्रस दाङका पूर्व सभापति हुन् ।
प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार