२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

होटल व्यवसायीको घोराहीमा तिनदिने अभिायान शुरु

दाङ, १३ बैशाख
दाङ देउखहोटल व्यवसायी समितिले शनिवार देखि घोराहीमा तिनदिने अभियान शुरु गरेको छ ।

समितिका अध्यक्ष ईश्वर कुमार बुढामगरको अध्यक्षतामा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्इतामा अभियानको उद्धघाटन गरीएको थियो ।


स्वच्छ र स्वस्थ खाना उपलब्ध गराई पर्यटकको मन जित्न प्रमुख अतिथि मेयर चौधरीले आग्रह गर्नुभयो ।

उपमानगरपालिकाले हरेक वर्ष तालिम दिदै आएको, होटलका विकासमा के गर्न सकिन्छ त्यो सहयोग गर्न तयार रहेको बताउनुभयो । समितिको कृयाशिलताको प्रशंसा गर्नुभयो ।


ग्रहकको मन जित्न र होटललाई फस्टाउन आवश्यक सल्लाह सुझावका लागि अभियान थालिएको अध्यक्ष बुढाले बताउनुभयो ।

उहाँका अनुसार वयवसायीबाट आएका सुझाव संकलन गरी स्थानिय सरकारको सम्न्वयमा योजना बनाउने कार्याक्रम छ । जसले होटलमा समृद्धी ल्याउने छ ।


सो अवसरमा आगलागि पिडित न्यु लक्ष्मी जलपान गृहका श्रीराम भण्डारीलाई पाँचहजार राहत प्रदान गरीएकोे थियो । नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन पनि गरीएको थियो ।

कार्यक्रमा धन्यावद मन्तव्य समितिका प्रथम उपाध्यक्ष खर्कसिंह पुनले र सञ्चालन सचिव श्यामकुमार विकले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस