किशोरीहरुका लागि ३ दिने आत्मरक्षा तालिमको समापन
दंगीशरण १७ जेठ
दंगीशरण गाउँपालिका महिला बालबालिका साखाको आयोजनामा किशोरीहरुका लागि आयोजना गरिएको ३ दिने आत्मरक्षा तालिमको शनिवर एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकामा समापन गरीएकोछ ।
किशोरीहरुको ब्यक्तीगत सुरक्षा तथा आत्मरक्षाका लागि दंगीशरण गाउँपालिकाको आर्थिकबर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार किशोरी लक्षित ३ दिने आत्मरक्षा तालिमको आयोजना गरिएको महिला बालबालिकासाखा प्रमुख शुनकुमारी घर्तीले बताउनुभयो ।
तालिम समापन गर्नुहुदै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले किशोर किशोरी लक्षित थुप्रै कार्यक्रम आफुहरुले गाउँपालिकामा अगाडि बढाएको बताउनुभयो ।
विशेषगरी गाउँपालिकामा किशोर/किशोरी लक्षित लागुपदार्थ प्रयोग बिरुद्धको सचेतना होस अथवा आफू सुरक्षीत हुन गरीने आत्मरक्षा तालिमले किशोरीहरुमा आत्मबल सङ्गै आत्म सुरक्षामा टेवा पुग्ने अध्यक्ष गिरीको विस्वास छ ।
पछिल्लो समय घरेलु हिंसा तथा किशोरीहरु असुरक्षित भइरहेकावेला किशोरीहरुलाइ दिएको आत्मरक्षा तालिम फलदायी हुने उहाँको भनाइथियो ।
यस्तै समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्काले पुरुषको तुलनामा महिलाहरु प्राकृतिक रुपमै शारीरिक रुपमा भिन्नता हुनेहुदा किशोरी हरुका लागि आत्मरक्षा तालिम आयोजना गरिएको बताउनुभयो।
आजका किशोरीहरु भोलि कस्तो बन्ने भन्ने कुरा ३ दिने आत्मरक्षा तालिम फलदायीहुने बिश्ववास ब्यक्त गर्नुभयो ।३ दिने उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्काको अध्यक्षता तथा
गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।तत्कालिन आफुलाइ अप्ठ्यारो पर्दा आफू कसरी सुरक्षीतहुने भन्ने किसिमका आधारभुत कुराहरु तालिममा प्रदान गरीएको उपाध्यक्ष खड्काको भनाइथियो ।
शनिवार आत्मरक्षा तालिममा सहभागी किशोरीहरुलाइ गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्काले प्रमाणपत्र बितरण गर्नुभएकोथियो ।
३ दिने तालिमको प्रशिक्षकमा प्रहरी असइ बलसिंह के.सी.रहनुभएकोछ ।