शिक्षामा सुधार ल्याउन सबै सरोकार वालाको भुमिका महत्वपुर्ण छ : गाउँपालिका अध्यक्ष खत्री
बबई ।
शिक्षामा सुधार ल्याउनको लागी सबै सरोकार वाला र शिक्षा प्रमिको महत्वपुर्ण भुमिका रहने बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले बताउनु भयो । नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमिती बबईले आयोजना गरेको शिक्षा सुधारमा हाम्रो प्रतिवद्धता विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्ता कार्यक्रम गाउँपालिकाले गर्नुपर्नेमा शिक्षक महासंघले गरेको प्रति खुसी व्यक्त गर्दै उहाँले बबईको शिक्षा सुधारमा आफु प्रतिबद्ध भएर लाग्ने समेत बताउनु भएको थियो । उहाँले भन्नुभयो “शिक्षकहरुको साथ र समर्थन रहे अपेक्षा अनुसारको शिक्षा सुधारमा गाउँपालिका लाग्छ ।”
नेपाल शिक्षक महासंघ बबईका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल शिक्षक महासंघ बबईका अध्यक्ष बस्नेतले शिक्षामा सुधारको लागी एकल प्रयास भन्दा पनि सबैको प्रयासमा सम्भव हुने बताउनुभएको थियो ।
उहाँले भन्नुभयो “हामी सबै मिलेर मात्रै समृद्ध र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्न सक्छौ ।” “शिक्षामा सुधार ल्याउनको लागी विद्यार्थीको बहुआयामिक विकासमा ध्यान दिदै शिक्षक अनुशासन, नैतिकता र प्ररणाको उदाहरण बन्नुपर्छ” उहाँले भन्नुभयो । शिक्षामा सुधारको लागी शिक्षक, अभिभावक, स्थानीय सरकार, शिक्षा शाखा, विद्यार्थी लगाएतको भुमिका महत्वपुर्ण हुने उहाँको भनाई थियो ।

कार्यक्रममा पुर्व प्रधानाध्यापक मस्त बहादुर खड्का, दिनेश बुढाथोकी, सिट्टी विष्ट, नेपाल शिक्षक संघ बबईका सचिव विरेन्द्र भण्डारी, उपाध्यक्ष शुशिला वली, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय सचिवालय सदस्य तिलक शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहअध्यक्ष अमृत डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महासंघ बबईका पदेन सदस्य अम्मर डाँगीले गर्नुभएको थियो ।