पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यहाँ सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको र त्यो क्रम रोकिएको छैन ।
अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार