२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकोट, ३० असार।

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका–१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।

सहचालक वीरेन्द्र परियार गम्भीर घाइते भएको छन् । दुर्घटना सोमवार बिहान भएको हो ।

कर्णाली प्रदेश ०१००२ त ०६०७ नम्बरको टयाक्टर भेरी नगरपालिका – १० आलीगाँउ नजिक सडकदेखि करिब ५० मिटर तल खसेपछि टयाक्टर चालक भेरी नगरपालिका ९ का २० वर्षीय धनबहदुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस