बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता
दाङ, ३० असार ।
पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्।
बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएकामध्ये तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय बिधान केसीको शव फेला परेको छ भने १६ वर्षीय कुशल बुढामगरको खोजी भइरहेको प्रहरीले बताएको छ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार