किराना पसलमा आगलागी
हुम्ला, ४ साउन।
आगलागी हुँदा हुम्लामा किराना पसल जलेर नष्ट भएको छ । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए।
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार