२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पछाडि सर्न थालेको गाडि थमाउन खोज्दा च्यापिएर मृत्यु

दाङ, ४ साउन ।

दाङको लमहीमा पार्किङ गरिएको बोलेरो गाडी रिभर्स जाँदा एकजनाको च्यापिएर मृत्यु भएको छ।

लमही नगरपालिका–५ सुनखोलीमा शुक्रबार बिहान करिब साढे ५ बजे दुर्घटना हुँदा सोही ठाउँका २१ वर्षीय राकेश कुमार बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर नजिकै पार्किङ गरिएको थियो। बिहान बानियाले गाडीको ओट हटाएलगत्तै गाडी पछाडि सर्न थालेको प्रहरीले जानकारी दिएको छ।

गाडी रोक्न उनले दुई हातले थमाउने प्रयास गरे पनि गाडी नरोकीकन घरको भित्तासँग च्यापिएर उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनामा परि गम्भीर घाइते भएका बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोलेरो गाडी मृतक बानियाकै नाममा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस